एनआरएन विवाद : शर्माको रिट न्यायाधीश सुवेदीको इजलासमा
काठमाडौं - गैरआवासीय नेपालीहरूको संस्था विवादमा आरके शर्मा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । शर्माका तर्फबाट कात्तिक ८ गते दायर नयाँ रिटमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ ।
शर्मा समूहले एनआरएनएको अर्को समूहले परराष्ट्र मन्त्रालयले एकता महाधिवेशन गर्न पत्र पठाएको अवस्थामा साधारणसभा लगायतका गतिविधि गर्न लागेको र उक्त कार्य अवैधानिक हुने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।
शर्मा समूहले यसअघि सर्वोच्चले बद्री केसी समूहलाई काम गर्ने अधिकार नदिएको तर उनीहरुले त्यस विपरीत गतिविधि सञ्चालन गर्न खोजेकाले रोक्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्