Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेभेन समिट सकेर फर्किएका निम्सलाई विमानस्थलमा भव्य स्वागत

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही निर्मल पुर्जा ‘निम्स’ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनले सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको आइतबार १:५० मा सफल आरोहण सकेर निम्स नेपाल फर्किएका हुन् । क्यास्टेर्न पिरामिड विश्वको सात शिखरमध्येको एक हो ।

विना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल ९सेभेन समिट० आरोहण गर्ने पहिलो आरोही बनेका छन् निम्स ।

विमानस्थलमा उनको स्वागतमा सयौँ युवाहरूले मोटरसाइकल र्‍याली निकालेका थिए । उनलाई विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्ध गुम्बा पुर्‍याइएको थियो ।

१४ वटै हिमाल आरोहणको सफलता लिएर फर्केका ९ जना आरोहीलाई सम्मान गरिएको थियो । १४ वटै हिमाल सफल आरोहण गरी फर्किएका निम्ससहित ९ जना आरोहीलाई यसअघि असार अन्तिम साता नागरिक स्तर र राज्यबाट अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्