Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहार फ्लोरा एक्स्पो २०८१ भृकुटीमण्डपमा सुरु

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - तिहार फ्लोरा एक्स्पो २०८१ आजबाट भृकुटीमण्डपमा सुरु भएको छ ।

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यस प्रदर्शनी सञ्चालनमा ल्याइएको हो । आजदेखि जारी उक्त प्रदर्शनी १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।


मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० वटा स्टल रहेका छन् । मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्