Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा ०८४ सम्म सदन र सडकमा हुन्छ : ढकाल

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन रास्वपाको हुने बताएका छन् ।

 शुक्रबार माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा रहने बताए । 

उनले पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसदमा आएपछि उनीहरूको निद्रा हराएको र राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए । 

माइतीघरबाट रास्वपाको प्रदर्शनमा सहभागीहरू नाराबाजीसहित नयाँ बानेश्वरतर्फ बढेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्