Nic Ad Nic Ad
Nic Ad Nic Ad

खुम्बु क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा प्रतिबन्ध

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।

निकुञ्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाएको बताएको छ । निकुञ्ज, नेपाली सेनाको भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्रभन्दा माथि व्यावसायिक उडान नगर्नका लागि नागरिक उड्डयन कार्यालय लुक्लालाई बिहीबार पत्राचार गरेको छ ।

निकुञ्जले कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर जंगलबाट निस्किएर गाउँ पस्ने गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्