Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजेन्द्र महतोको नेतृत्वमा नयाँ पार्टी दर्ताका निम्ति आयोगमा निवेदन

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– माछा चुनाव चिन्ह प्रस्तावसहित राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिइएको छ। 

शुक्रबार महतोले अध्यक्षसहित १७३ जना केन्द्रीय सदस्य रहनेगरी दल दर्ताका निम्ति निवोदन दिएका हुन्। 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी बीचका समयमा अभियान चलाइरहेका महतोले अब दलीय राजनीति गर्ने तयारी गरेका हुन्। 

यसअघि महतोको अभियानले काठमाडौंमा एक भेला गरी दल दर्ताको निधो गरेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्