Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटना, ११ जना घाइते

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- धादिङको महादेववेशी नजिकै नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ।  

दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५-२० मिटर तल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि महादेववेशीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्