नेभिगेशन
सुरक्षा–अपराध

धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति युट्युवमा राख्ने राई पक्राउ

काठमाडौं– प्रहरीको साइबर ब्युरोले धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति युट्युवमा राखेपछि एक जनालाई पक्राउ गरेको छ। 

ब्युरोले खोटाङ हलेसीतुवाचुङ नगरपालका–८ घर भई धरान बस्ने ४२ वर्षीय नयन्द्रकुमार राईलाई पक्राउ गरेको जनाएको छ।

उनले युट्युबमा धार्मिक सहिष्णुतामाथि आघात गर्ने, घृणा वा द्वेष फेलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने भिडिओ निर्माण गरी राखेका थिए। 

ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध