Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यदर्शन सहकारी ठगीमा जीबीका अर्का पार्टनर खनाल सीआईबीद्वारा पक्राउ, पोखरा पठाइयो

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईका अर्का पार्टनर रामबहादुर खनाललाई शुक्रबार प्रहरीले काठमाडौंको पानी पोखरीबाट पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खनाललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा पठाएको हो। सीआईबीका अनुसार जीबी राईको नेचर हब्स र गोरखा ग्रुप अफ कम्पनीका सञ्चालक मध्यका खनाल पनि एक हुन्। 

तनहुँको भानु नगरपालिका–८ का स्थायी बासिन्दा ४८ बर्षिय खनाल कृष्णप्रसाद जैसीलगायतको उजुरीका कारण पक्राउ गरिएका हुन्। 

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने समेत जैसीको उजुरीका आधारमा सोही सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको थियो। उनीमाथि अनुसन्धान जारी छ भने जीबी राईका अर्का पार्टनर पूर्वडिआईजी छविलाल बन्जाडे जोशी पनि अनुसन्धानका क्रममा थुनामा छन्।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्