Nic Ad Nic Ad
Nic Ad Nic Ad

ठुला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठुला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन् ।मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो । “ठुला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यक पर्ने लगानी, पूर्वाधार, कानुनी रूपरेखासहित विषयलाई समन्वयात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको छ,” वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले भने ।

बैठकमा जलाशययुक्त ठुला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमासमेत छलफल भएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्