Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्तापक्षीय सात दलद्वारा संयुक्त वक्तव्य जारी

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - सत्ता पक्षीय राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।  

‘बैठकमा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले र कांग्रेसले विगतमा गरेको सात बुँदे सहमति र न्यूनतम कार्यक्रमका आधारमा सरकारको समीक्षा गरेका छौ’, उनले बैठकपछि भने, ‘आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको छ ।’

बैठकले रास्वपा नेता कार्यकर्ताले प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको निष्कर्ष निकालेको छ ।

received_594884946304102-1729856543.jpeg
received_528807600012760-1729856543.jpeg
received_575340301832151-1729856543.jpeg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्