Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजबाट काठमाडौंमा सुरु

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं–  विभिन्‍न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि तीन अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ।

सम्मेलनको समुद्घाटन गर्दै शिक्षामन्त्री विद्या भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्, ‘आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ र हामी उनीहरूले उत्पादन गरेका कुराहरूलाई उपभोग मात्रै गरिरहने हो भने नेपाली समाज अघि बढ्न सक्दैन। विज्ञानलाई जीवनसँग जोड्ने गरी काम गर्न आवश्यक छ ।’

विज्ञानलाई व्यवहारमा लागु गर्ने गरी काम गर्न आवश्यक रहेकोसमेत मन्त्री भट्टराईले बताएकी छन्। मन्त्री भट्टराईले थपिन, ‘यस्ता सम्मेलनबाट निकालेका निष्कर्ष र प्रतिबद्धताहरूलाई नेपाली समुदाय र अन्तर्राष्ट्रियस्तरसम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । विज्ञानलाई हाम्रो समाजसँग जोड्न आवश्यक छ ।’

चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गर्दै भने, “हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ।” मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्