Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत सदस्यहरूमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् ।

सभापति देउवाले उनीहरूलाई काँग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनीत गरेका काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्