Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको सडक प्रदर्शन स्थगित

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई तत्कालका लागि स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौँमा विरोध गरेको थियो ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाले जनाएको छ । 

काठमाडौँ जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो । विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी पार्टीले निर्णय लिनेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्