Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा

शुक्रबार, कात्तिक ९, २०८१

वीरगञ्ज- प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१-००१ ख २६९९ तथा सुदूरपश्चिम ०१-००१ ख २६६१ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बिजबिजकभन्दा बढीका सामान बोकेको आशंकामा ट्रक नियन्त्रणमा लिएको उनले बताए । दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

यसअघि पर्सा प्रहरीले यही कात्तिक ७ गते पनि बिलबिजक नभएको रु. एक करोड १४ लाख मूल्य पर्ने लत्ताकपडा तथा औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घण्टाघर चोकबाट ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्