Nic Ad Nic Ad
Nic Ad Nic Ad

जीवीको नामबाट आएको इमेलबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ : गृहमन्त्री

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ- सत्तारुढ सात दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीवी) राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गरेका छन् । उनका अनुसार यो इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

मन्त्री लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लु हुनसक्ने बताए । सरकारमा सहभागी र समर्थन गर्ने सात राजनीतिक दलको बैठक शुक्रबार, बालुवाटारमा बसेको थियो । बैठकमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचालनमा पक्राउ पुर्जी जारी भएका, तर हाल फरार रहेका जीवी राईको नाममा सञ्चार माध्यमहरूलाई आएको इमेल सुनाए ।

जीवीको तर्फबाट भन्दै सञ्चार माध्यमहरूलाई आएको इमेलमा रवि लामिछानेकै योजनामा सहकारीको पैसा टिभीमा लगेको लगायतका दाबी गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्