Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतकी एक मेयरलाई हर्क साम्पाङले दिए आफ्नै तस्बिर राखेर मायाको चिनो

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ - बेलायत भ्रमणमा परिवार र पत्रकारसहित पुगेका धरानका मेयर हर्क साम्पाङले बेलायतको एक सानो शहर फोकस्टोन कि मेयरसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

सात वार्ड भएको र ५० हजार बढी जनसंख्या भएको शहरकी मेयर आबेना आकुफो केलीलाई साम्पाङले मायाको चिनो दिँदा आफ्नो फोटो नि राखेका छन् ।
समकक्षी मेयर केलीले दिएको चिनोमा भने उनले आफ्नो फोटो राखेकी छैनन् । आफ्नो शहरको लोगो दिएकी छन् । आफ्नो नाम हर्कराज राई नै राखेर धरान उपमहानगरको तर्फबाट मेयर साम्पाङले मायाको चिनो दिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्