Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिमी वायु र दाना चक्रबातको प्रभाव कायमै, पहाडी भू-भागमा वर्षाको सम्भावना

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ - देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रबात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्