Nic Ad Nic Ad
Nic Ad Nic Ad

तुलसीपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

शनिबार, कात्तिक १०, २०८१

दाङ - सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  । उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्