Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुने झाको भनाइ छ । 

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौँमा आन्दोलन सुरु गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्