Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, सभापति हिरासतमा रहँदा अध्यक्षता कसले गर्ला?

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ प्रकरणको बिरोधमा सडकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार दिउँसोका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। 

आगामी आन्दोलनको प्रकृति कस्तो बनाउने, कुन कार्यदिशामा अघि बढ्ने भन्ने एजेन्डा तय छन्। कार्यबाहक सभापति पनि नतोकिएको रास्वपाको बैठकमा अध्यक्षता कसले गर्ला भन्ने पनि कौतुहलता बढेको छ। 

रास्वपामा दुई उपसभापति छन्। संस्थापन बेलाका उपसभापति डीपी अर्याल र पछाडि जोडिएका स्वर्णिम वाग्ले मध्य बरियतामा को अगाडि छन् भन्ने पनि रास्वपाले अहिलेसम्म तय गरेको छैन। 

रास्वपा स्रोतका अनुसार अहिले आन्दोलनको क्रम र चरणमा रहेका बेला बैठकको अध्यक्षता भन्दा पनि सामूहिक निर्णयको आधारमा अगाडि बढ्ने र सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधलाई कसरी चिर्ने भन्नेमा केन्द्रिकृत रहने बेला हो। 

तैपनि औपचारिक रुपमा बोलाइएको बैठक बिना अध्यक्षता सञ्चालन गर्दा त्यसको अभिलेखीकरणको वैधता कति रहला भन्ने पनि प्रश्न उठ्न सक्नेछ। 

सूर्यदर्शन सहकारी ठगी र संगठित अपराधसहित सम्पत्ति शुद्धिकरणमा सभापति लामिछानेमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। यसअघि रास्वपाले शुक्रबार काठमाडौं र त्यसअघि पोखरामा प्रदर्शन गरेको थियो।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्