Nic Ad Nic Ad
Nic Ad Nic Ad

सलमान खानलाई हत्याको धम्की दिने बिश्नोईको ग्रुप नेपालमा पनि छ?

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– हालसालै भारतीय कांग्रेसका सांसद बाबा सिद्धिकीको हत्या पश्चात एकाएक चर्चामा आएका जेलमा रहेका लरेन्स बिश्नोईको ग्रुप नेपालमा पनि रहेको समाचारहरूमा उल्लेख गरिएको छ। 

दाउद इब्राहिमको बाटो हिँडेका बिश्नोईले जेलमा बसेर नै बलिउड अभिनेता सलमान खानको हत्या गर्ने बताउँदै आइरहेका छन्। ६ बर्षअघिदेखि उनले खानको हत्या गर्ने धम्की दिइरहेका बेला सांसद बाबा सिद्धिकीको हत्याले भारतीय मात्र होइन विश्वका मिडियामा नै छाएका छन्। 

विद्यार्थी राजनीतिबाट उदाएका बिश्नोईको प्रभाव र ग्रुप क्यानडा र नेपालमा पनि रहेको भनी रोयटर्सको एउटा समाचारमा उल्लेख गरिएको छ।

भारतभरी ७ सय र दुनियाँभरी एक हजार भन्दा बढी सुटर बिश्नोईको ग्याङमा रहेको बताइन्छ। 

भारतीय मिडिया एबीपी न्यूजले त बिश्नोईको अपराध यात्राको प्रस्थानविन्दुमा हतियार खरिदको काम नेपालमा भएको भनी दाबी गरेको छ। 

६० लाख रुपियाँमा नेपालमा हतियार र कपडा खरिद गरी बिश्नोई आपराधिक दुनियाँको साम्राज्यमा प्रवेश गरेको भन्ने चर्चा छ। यद्यपि यसको नेपालका उच्च सुरक्षा संयन्त्रले पुष्टि गर्न सकेका छैनन्। 

मुम्बईमा सलमान खानको घर अगाडि फायर गरेर जिम्मा लिएपछि यो ग्रुपको चर्चा झनै चुलियो। यसअघि पञ्जाबी गायकको हत्याको अभियोगमा बिश्नोई जेलमा छन्। तर, जेलबाट नै उनले आपराधिक दुनियाँमा राज गरिरहेको भनी चर्चा छ। 

त्यसको प्रभावका आधारमा सलमान खानका मित्र समेत रहेका सिद्धिकिको हत्या भएको थियो।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्