Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन : शेखर कोइराला

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठुला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताए । 

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता मात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे ।

काँग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्