Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिस्नेरीमा पुरिएका ६ किशोर खेलाडीको सन्दर्भमा बोल्दा केही भावुक बने प्रचण्ड

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा जारी खबरदारी सभामा सम्बोधनको सुरुआतमा नै केही भावुक बनेका छन्। 

शनिबार प्रदर्शनीमार्गमा भएको सभाको सम्बोधनका क्रममा गत महिना बाढीपहिरो पीडितलाई श्रद्धाञ्जली दिएपछि प्रचण्ड मकवानपुरको सिस्नेरीमा पुरिएका ६ किशोर खेलाडीलाई स्मरण गर्दा भावुक बनेका हुन्। 

उनले सोही सन्दर्भका क्रममा भने,‘मैले हिजो मात्र ति खेलाडीका विषयमा बुझेको थिएँ। तर अब आइन्दा यस्तो लापरवाही नहोस्। सरकारलाई चेतावनी दिन्छु।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्