Nic Ad Nic Ad
Nic Ad Nic Ad

जाली नेता र प्रतिक्रियावादीसँग सहकार्य गरेर गन्हाउन थालेका थियौं, जनतातिर फर्काइदिनुभयो धन्यवादः प्रचण्ड

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेसँग संगत गरेर गन्हाउन थालेको तर दुई दल मिलेर सरकार बनाएर जनतातिर फर्काइदिएकोमा धन्यवाद दिए। 

सरकारकाविरुद्ध शनिबार प्रदर्शनीमार्गमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो सरकार बिचौलियाले बनाइदिएको भन्दै अब दुई दलसँग नमिल्ने जनतातिर नै अभ्यास गर्ने बताए। 

अहिले नै सरकारलाई गलहत्याउने माओवादीको योजना नरहेको बताएका उनले भने,‘जब भ्रष्टाचार पक्राउ गर्न थालियो राता रात सरकार परिवर्तन भयो, जनतालाई हामीले बुझाउनु परेन, काले काले मिलेर खाऔं भाले भन्ने प्रष्ट भयो।’

चार दिनको सानो योजनामा यति ठूलो सभा भएको भन्दै उनले एक महिनाको तयारी भयो भने काठमाडौंको हालत के होला भन्दै चेतावनी दिएका प्रचण्डले भने,‘हामीले बुझाएका ज्ञापनपत्रलाई हल्का रुपमा नलिइयोस्।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्