Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले भने– कांग्रेस र एमालेजस्ता बिचौलियाका पार्टीसँग मिल्दैनौं, माओवादी एक्लै चुनाव लड्छ

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका छन्। 

सरकारविरुद्धको खबरदारी सभामा प्रदर्शनीमार्गमा बोल्दै उनले शनिबार भने,‘तपाईहरु ढुक्क हुनुस्। हामी तपाई कांग्रेस र एमालेजस्तो बिचौलियाका पार्टीसँग मिलेर चुनाव लड्दैनौं, जति आउँछ आगामी चुनाव एक्लै लड्छौं।’

नेकपाका महासचिव नेत्रविक्रम चन्दले मकवानपुरमा बोलेको विषयलाई स्मरण गर्दै प्रचण्डले भने,‘उहाँले माओवादी एक हुनुपर्छ भन्नुभएको छ। अब हामी माओवादी एक भएर चुनावमा लड्छौं।’

अब हामी जनतातिर फर्किएका छौं भन्दै उनले भने,‘अब जनताका छोराछोरीलाई बन्दुक बाँड्नु छैन। अब उत्पादनका औजार लिएर अगाडि बढ्छौं।’

यसक्रममा हेटौंडा महाधिवेशन स्मरण गरेका उनले भने,‘अब जनताका छोराछोरीलाई उत्पादनका औजारसहितका सेना बनाएर बिचौलिया र विदेशीका दलाललाई निर्मोठ पार्ने क्रान्ति गर्ने आँट छ।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्