Nic Ad Nic Ad
Nic Ad Nic Ad

मैले राजा ज्ञानेन्द्र भेटेको छैन, रवि पक्राउप्रति आपत्ति छः प्रचण्ड

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले बजारमा चलेको हल्लाका पछाडि नलाग्नका लागि बताएका छन्। 

काठमाडौंमा शनिबार खबरदारी सभामा उनले अहिले बजारमा राजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले भेट्यो भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बताए। 

उनले भने,‘मैले काठमाडौंमा पनि भेट्या छैन, झापामा पनि भेट्या छैन।’

प्रचण्डले रास्वपा सभापति रवि लामिछाने पक्राउप्रति आपत्ति जनाएका छन्। उनले भने,‘यो सभा रवि लामिछाने बचाउनका लागि गरेको होइन तर प्रतिपक्षीलाई मात्र पक्राउ गर्नु राम्रो होइन भनेका छौं।’

‘यदि भ्रष्टाचारका मुद्दामा प्रचण्ड नै देखियो भने पनि पक्राउ गरे हुन्छ भनेर मैले भनेको हुँ’, उनले भने,‘त्यो भन्ने मान्छेले कसैलाई बचाउन सभा गर्नुपर्छ?’
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्