भाटभटेनी प्रचण्डको हो भनी भ्रम हट्यो : प्रचण्ड
काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाटभटेनीमा प्रचण्डको सेयर नरहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्ट पारिसकेको बताएका छन् । शनिवार माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भाटभटेनीमा प्रचण्डको सेयर हो भनी धेरैले भ्रम फैलाएका थिए, तर अहिले आएर प्रधानमन्त्री अोलीले स्पष्ट गरिसकेको बताए ।
आफ्नो नेतृत्वको सरकारले भाटभटेनीका मालिकलाई कारबाही गरेको थियो तर अहिले प्रधानमन्त्री ओलीले त्यसलाई संरक्षण गरेका कारण अोली पनि भ्रष्टाचारी रहेको दाबी गरे । उनले भने, ‘यो सरकारले यस्ता धेरै काम गरेका छन् हाम्रो लागि राम्रो भइरहेको छ ।’
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ १६:३१
प्रतिक्रिया दिनुहोस्