Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतले १२ वर्ष पछि घरेलु भूमिमा टेस्ट सिरिज गुमायो

शनिबार, कात्तिक १०, २०८१

एजेन्सी – भारतले १२ वर्ष पछि घरेलु भूमिमा भएको टेस्ट सिरिज गुमाएको छ । न्युजिल्याण्डसँगको दोस्रो टेस्टमा शनिवार तेस्रो दिनमा नै पराजित भएसँगै भारतले ३ टेस्टको सिरिज एक खेल अगावै गुमाएको हो ।  

न्युजिल्याण्डले दोस्रो टेस्ट १ सय १३ रनको जितेको हो। ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारत २ सय ४५ रन बनाउँदै अल आउट भयो ।

भारतका लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ७७, रविन्द्र जडेजाले ४२ तथा शुभमन गिलले २३ रन जोडे । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ६ तथा एजाज पटेलले २ विकेट लिए ।

पहिलो इनिङमा १ सय ३ रनले अघि रहेको न्युजिल्याण्डले दोस्रो इनिङमा २ सय ५५ रन थपेसँगै घरेलु टोलीलाई ३ सय ५९ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङमा न्युजिल्याण्डका लागि कप्तान टम लाथमले ८६, ग्लेन फिलिप्सले नट आउट ४८, टम ब्लान्डलले ४१ तथा विल योंगले २३ रन जोडे । भारतका लागि वासिंटन सुन्दरले ४, रविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।

त्यसअघि भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले २ सय ५९ रन बनाएको थियो। डेभोन कन्वेले सर्वाधिक ७६, रचिन रविन्द्रले ६५ रन बनाएका थिए।

भारतका सुन्दरले ७ र रविचन्द्रन आश्विनले ३ विकेट लिएका थिए । रविन्द्र जडेजाले सर्वाधिक ३८ रनको मद्दतमा भारले पहिलो इनिङमा १ सय ५६ रन मात्र बनाएको थियो। न्युजिल्याण्डका लागि मिचेल स्यान्टेनर ७ विकेट लिएका थिए।

पहिलो टेस्टमा न्युजिल्याण्डले ८ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम टेस्ट शुक्रवार मुम्बईमा सुरु हुनेछ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्