Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने 

शनिबार, कात्तिक १०, २०८१

काठमाडौं -राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर आन्दोलन जारी राख्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र गरेकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग पनि गरेको छ ।

यस्तै, पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा आन्दोलन सञ्चालन गर्न सात प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने, राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने, स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन र पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेला, सांगठनिक र पार्टी गतिविधि नियमित गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्