तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन
बागमती - ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारी साधनका चालकबाट रु. दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र राडरगनबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ ०८:४६
प्रतिक्रिया दिनुहोस्