Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज तरकारीको मूल्य कति? 

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ - फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने धेरैजसो तरकारी  हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। 

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ११६, रातो आलु ८३, भारतीय रातो आलु ६२, सुकेको भारतीय प्याज १०३, लोकल गाँजर ११५, लोकल बन्दा ४५, तराईको बन्दा ३५ रुपैयाँ प्रतिकिलो छ। 

त्यसैगरी स्थानीय काउली १२५, सेतो मुला ३२, लाम्चो भन्टा ७५, तने बोडी ८५, मकै बोडी ६५, करेला ७५, लौका ४५, परबल ७५, डल्ले हरियो फर्सी ५५, भिन्डी ८५ रुपैयाँ प्रतिकिलो छ। 

त्यसैगरी स्कुस १७, चम्सुरको साग २२६, कन्य च्याउ १४५, डल्ले च्याउ २७६, ब्रोकाउली १७६ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो। 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्