Nic Ad Nic Ad
Nic Ad Nic Ad

१२ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं- आफूखुसी गैरहाजिर १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनु पर्नेछ । यदि यो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुस् गैरहाजिर भएकाहरुको नामावली

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्