सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी
पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार अहिले उनको बयान लिनेक्रम जारी रहेको छ। सूर्यदर्शन सहकारी ठगी र संगठित अपराध प्रकरणमा उनीमाथि छानबिन जारी रहेको छ।
लामिछानेमाथि सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुनेछ। उनलाई रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेका कारण त्यहाँ पनि बयानका लागि लगिनेछ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १२:१७
प्रतिक्रिया दिनुहोस्