अवैध पेस्तोलसहित काठमाडौंबाट पक्राउ गरिएका युवा नेपाली सेनाका कर्मचारी
काठमाडौं– प्रहरी वृत्त स्वयम्भूले अवैध पेस्तोलसहित पक्राउ गरिएका युवा नेपाली सेनाका कर्मचारी रहेको खुलेको छ।
काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई प्रहरीले राती ९ बजे पेस्तोलसहित पक्राउ गरेको थियो।
विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले बताए।
खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १२:३२
प्रतिक्रिया दिनुहोस्