Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भन्नेमा एमाले दृढ छ : ईश्वर पोखरेल

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् ।

एमाले ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारबाही गर्नुपर्छ भन्नेमा एमाले दृढ रहेको बताएका हुन् ।उनले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोसिस भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको धारणा राखे । सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले काँग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।

आगामी निर्वाचनमा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भए पनि मुलुकमा संकट परेका बेला ठुला दलहरू एक हुनुपरेको उनले बताए । पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे । पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार