Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ९.१९ अंकले घट्याे, काराेबार रकम ४ अर्ब ७३ करोड

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं- साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ । 

आइतबार सेयर बजार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेर २,६१७ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आइतबार सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्