Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्राधिकरणले बिल दिए पैसा तिर्न तयार छौँ, विनाआधार लाइन काटियो : उद्योगी व्यवसायी

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा विद्युतको बक्यौता नतिरेको भनेर लाइन काट्न सुरु गरेपछि उद्योगीहरूले विरोध जनाएका छन् । कात्तिक ८ गते प्राधिकरणले ३४ वटा उद्योगले बक्यौता नतिरेको भन्दै लाइन काटेको थियो ।

आज उद्योगीहरूले काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर प्राधिकरणले प्रयोग नै नगरेको विद्युत् बक्यौता भन्दै लाइन काट्न सुरु गरेको उनीहरूले बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणले उद्योगीले प्रयोग नै नगरेको विद्युत् पैसा तिर्न बाँकी भनेर लाइन काट्न फेरि सुरु गरेको बताए ।

नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष धु्रब थापाले प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने सम्झौता नै नगरेको उद्योगको ठूला उद्योगको लाइन काट्न सुरु गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले ९ वर्षदेखि उद्योग र प्राधिकरण बीच बक्यौताको विषय उठ्दै आएको बताए ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्