२२१ केजी गाँजासहित एक जना पक्राउ
काठमाडौँ- लागू औषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २२१ के.जी. ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।
धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडिबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडिपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याउँदै गरेको प्रतिवन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्