नेभिगेशन
सूचना प्रविधि

काठमाडौं विश्वविद्यालयका वैज्ञानिक डा. सुदन झाको अन्तर्राष्ट्रिय रैंकिङ्गमा उच्च स्थानले नेपालको प्रतिष्ठा वृद्धि

काठमाडौं - काठमाडौं विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक डा. सुदन झाको विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिएको उत्कृष्ट योगदानले "एडी साइंटिफिक इन्डेक्स २०२५" मा उच्च स्थान प्राप्त गरेको छ। यसले नेपालको शैक्षिक तथा अनुसन्धान क्षेत्रमा नयाँ किर्तिमान स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाई चिनाएको छ।

डा. झा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूको बीचमा पाँचौं स्थानमा छन् भने नेपालभरका १,६९७ वैज्ञानिकहरुमध्ये तेस्रो स्थानमा पर्न सफल भएका छन्। उनले आफ्नो H-इन्डेक्स, i१०-इन्डेक्स, र उद्धरण (साइटेशन) जस्ता सूचकांकहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। एशियाका ६ लाख ८६ हजार भन्दा बढी वैज्ञानिकहरूको सूचीमा उनको ३४ हजार ५७१औं स्थान रहेको छ भने विश्वभरका २४ लाख वैज्ञानिकहरूमा १ लाख ७३ हजार ९९०औं स्थानमा रहेका छन्।

इन्जिनियरिङ तथा टेक्नोलोजी क्षेत्रमा नेपालमा डा. झा पहिलो स्थानमा छन् भने कम्प्युटर विज्ञानमा दोस्रो स्थानमा रहेका छन्। यो उपलब्धिले नेपालका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउँदै नेपाली अनुसन्धानको प्रभावलाई संसारभर पुर्‍याउन सहयोग गरेको छ।

यस उपलब्धिले नेपालको अनुसन्धान र प्रविधि क्षेत्रमा सम्भावनाहरूको संकेत गर्दछ। डा. झा जस्ता वैज्ञानिकहरूलाई थप सहयोग र प्रोत्साहन प्रदान गर्न सकेमा विज्ञान र प्रविधिको क्षेत्रमा नेपालको उपस्थिति अझ बढाउन सकिनेछ।

received_1229289071656642-1730084525.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सूचना प्रविधि