‘दरबारमार्ग १९ हनिट्रयाप’ प्रकरणको अनुसन्धानमा उपत्यका प्रहरी, अर्का एसपी पनि तानिने सम्भावना छ
काठमाडौं– भैंसेपाटी हनिट्रयाप प्रकरणमा पक्राउ पूर्जी जारी भएकी इन्स्पेक्टर बिनु शाही फरार रहे पनि तानिएका प्रहरी उपरिक्षक (एसपी) कमल थापाबारे अनुसन्धान जारी छ।
यस प्रकरणसँगै जोडिएको र दबाउन खोजिएको दरबारमार्ग हनिट्रयाप प्रकरणको अनुसन्धानमा केन्द्रित भएको छ उपत्यका प्रहरी कार्यालय रानीपोखरी।
उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार भैंसेपाटी प्रकरणसँग जोडिएको दरबारमा हनिट्रयापको विषयमा अनुसन्धान सुरु भइसकेको बताएकी छन्।
‘अनुसन्धान हुन्छ, अध्ययन जारी छ’, बज्राचार्यले क्यानडा नेपालसँग भनिन्।
दरबारमार्ग प्रकरण किन पनि अनुसन्धान हुन्छ भने ताज इस्लाम भन्ने व्यक्तिको त्यसमा कनेक्शन देखिएको छ भने कस्टडीमा लिइएको बयानले पनि अनुसन्धानको सुई दरबारमार्गतिर सोझ्याएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको कार्यक्षेत्रमा नपर्ने भएका कारण दरबारमार्गको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयले छुट्टै टोली बनाएर छानबिन गर्नेछ।
दरबारमार्ग प्रहरीको कार्यक्षेत्रमा भएको एक यौनजन्य दुर्व्यवहारसम्बन्धी घटना।
घटनाका प्रतिवादी व्यावसायी विदुर शर्मा अहिले फरार छन्। भैंसेपाटी घर भएका मिटरब्याजी गणेश उप्रेतीविरुद्ध शर्माले १५ करोड ठगीको उजुरी दिएका कारण दरबारमार्ग प्रकरण योजनाबद्ध रुपमा घटाइएको थियो।
यसमा तत्कालिन डीएसपी र हालका एक एसपीको सहयोगमा उप्रेतीले हनिट्रयाप चक्रब्युह रच्ने काम गरेका थिए। एसपी कमल थाहाबाहेक अर्का एसपी पनि यसमा तानिने सम्भावना रहेको छ।
विदुर शर्माको जाहेर तत्कालि एआईजी सहकुलबहादुर थापाले दबाउन खोजे पनि पूर्वआईजी धिरजप्रताप सिंहले भने सीआईबी प्रमुख हुँदा त्यसलाई उजागर गरे। मिटरब्याजी उप्रेतीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइयो।
यसैको बदला लिन उप्रेतले शर्मालाई हनिट्रयापको चक्रब्युहमा पारेको प्रहरी स्रोतले जनाएको छ।
मेलुङ– १, दोलखा घर भई भैंसेपाटी बस्ने उप्रेती साढे १९ करोडको चेकसहित पक्राउ परेका थिए। २२ करोड ५१ लाख २१ हजार ९९६ रुपैयाँ ठगी गरेको अभियोगसहित सीआइबीले मुद्दा चलाएको थियो।
यस विषयमा उप्रेतीलाई सफाई दिने न्यायाधीष अम्बिका निरौलालाई न्याय परिषदले कारबाही गरेको थियो।
एसपी थापाले मिटरव्याजी उप्रेतीसँग ताज इस्लामको भेट गराएका थिए। तर प्रहरीका विभिन्न तहका अधिकारीसँग सम्बन्ध कायम राखेका उप्रेतीले अर्का एसपीको मद्दतमा दरबारमार्ग घटनालाई सार्थकता दिने काम गरेको स्रोतले दाबी गरेको छ।
उपत्यका प्रहरी कार्यालयले यस विषयमा अनुसन्धान जारी राखेको छ।
उप्रेतीको योजना र इस्लामले तयार पारेकी युवतीले शर्मालाई माया जालमा पारिन्। शारीरिक सम्पर्क भएलगत्तैबाट विदुर समस्यामा परेका थिए।
युवतीले प्रहरीमा मौखिक उजुर गरेकी थिइन्। त्यसपछि विदुर सशरीर कतै उपस्थित भएनन्, फरार रहे। उनको तर्फबाट एमालेको युवा संघसम्बद्ध एक व्यक्ति अगाडि देखिएको विवरणमा आएको छ। उनले ताजमार्फत युवतीलाई ‘मिलाउने’ प्रयास गरे।
शर्मा नेकपा एमालेको खेलकुदमा रहेका पर्शुराम बस्नेत गुटसँग पनि नजिक छन्। दोलखाका भएका कारण बस्नेत समूहसँग उनको नजिकपन छ।
युवतीलाई ‘मिलाउन’ का लागि एक करोड रुपैयाँको प्रस्ताव आयो। पछि १७ लाख तत्काल दिने र बाँकी रकम ‘पछि मिलाउने’ नाममा सहमति भएको तथ्य सतहमा आएको छ। युवती सिधै सम्पर्कमा आउन चाहिनन्। तर यो प्रकरणलाई ‘दरबारमार्ग १९’ भनी अनुसन्धान सुरु गरे पनि सामसुम पार्ने प्रयास गरिएको थियो। तर, अब फाइल खुलीसकेको छ।