Nic Ad Nic Ad
Nic Ad Nic Ad
महिला फूटबल

सशस्त्र प्रहरीले जन्माएकी ‘साम्बा’

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं– नेपाली महिला राष्ट्रिय फूटबल टिमकी स्ट्राइकर साबित्रा भण्डारी उर्फ साम्बाको चर्चाको कारण बन्यो साफ सेमीफाइनलमा आइतबार रातीको अर्को खेल। 

नेपालले साफ च्याम्पियनको बलियो दाबेदार भारतीय टोलीलाई १० खेलाडीमा सीमित रहँदा पनि टाई ब्रेकरमा ४–२ ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको छ। 

र, यसको श्रेय सम्पूर्ण महिला टोलीसहित साम्बालाई जान्छ। 

उनको दौड, सेलिब्रेशन अनि तौर तरिका विश्व फूटबलका महान् खेलाडी क्रिश्चियानो रोनाल्डोको जस्तो थियो। र, खेललाई १–१ को बराबरीमा लग्दा साम्बामा रोनाल्डोको झझल्को दिने प्रस्तुती थियो। 

मनाङमा जन्मिएर लमजुङमा हुर्किएकी साबित्रा भण्डारीको फूटबलको रुचीको यात्रालाई निरन्तरता दियो सशस्त्र प्रहरी बल नेपालले। आफ्नो क्लबमा भण्डारीलाई १६ बर्षको उमेरमा नै सशस्त्र प्रहरीले भित्राएको थियो। 

साबित्रा भण्डारी सशस्त्र प्रहरी (एपीएफ) क्लब कि एक मुख्य खेलाडी हुन्। 

उनी वर्तमान समयमा एपीएफका प्रमुख अग्र पङ्क्तिकी खेलाडी समेत हुन्। samba-1730093034.jpg
उनकै उच्च र उत्कृष्ट प्रदर्शनकै कारणले एपीएफ क्लबले अनेक घरेलु महिला उपाधीहरू जित्न सफल भएको छ। 

साबित्रा भण्डारी सम्मिीलित एपिएफ टोलीले लगातार चार पटक प्रधान सेनापति कपको उपाधि समेत जित्न सफल भएको थियो।
महिला राष्ट्रिय लिगको उपाधि पनि जित्न सफल भएको थियो। 

एपीएफले २०७३ मा प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट खेलाडी समेत घोषित भएकी थिइन् भने त्यही वर्षको राष्ट्रिय लिग जित्दा पनि उनी उत्कृष्ट खेलाडी भएकी थिइन्। 

यस्तै २०७५ सालको प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट अग्रपङ्क्तिकी खेलाडी हुन सफल भएकी थिइन्।

२०७४ सालमा एपीएफ क्लबले राष्ट्रिय लिग जित्दा सुपर लिगको अन्तिम खेलमा साबित्राले १ गोल गरेकी थिइन् भने एपीएफले समग्रमा पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिग उपाधि जितेको थियो। 

यो लिगमा साबित्राले जम्मा ६ खेलमा २९ गोल गर्दै लिगको नयाँ किर्तिमानी समेत राखेकी थिइन्। 

साथै २०७४ महिला राष्ट्रिय लिगमा उनी उत्कृष्ट अग्रपङ्क्तिको खेलाडी र सर्वाधिक गोलकर्ता समेत भएकी थिइन्। 

२०७५ सालमा पनि सावित्रा भण्डारी सम्मिलित एपीएफ क्लबले आठौँ राष्ट्रिय खेलकुद २०७५ मा महिला फुटबल तर्फको स्वर्ण पदक जित्न सफल भएको थियो। 

आठौँ राष्ट्रिय खेलकुदमा पनि सावित्राको व्यक्तिगत प्रदर्शनी निकै उत्कृष्ट रहन गएको थियो। एपीएफले फाइनलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दा सावित्राले पनि गोल गर्न सफल भएकी थिइन्।

साबित्रा भण्डारी सम्मिलित सशस्त्र प्रहरी बलको टोली २०७७ सालको राष्ट्रिय महिला फुटवल लिगको विजेता बनेको थियो। 

२०७७ फागुन ४ गते साबित्रा प्रतियोगिताको दशौं खेलमा पुलिसविरुद्ध खेलमा गम्भिर चोटका कारण घाइते भएकी थिइन्।

लमजुङमा हुर्किएर फूटबलमा जमेपछि सशस्त्रले भित्राएकी साबित्राको मिहनेत, खेल कौशलताका कारण नयाँ नामको जन्म भएको थियो, जसलाई साम्बा भनेर अहिले चर्चा गरिन्छ। 

उनी फ्रान्सको महिला लिगकी पनि उत्कृष्ट खेलाडी हुन्।  

 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्