बलात्कार आरोपमा पक्राउ गरिएका सशस्त्रका जवान हिरासतमा मृत भेटिए
बुटवल– जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मृत भेटिएका छन्।
बालिका बलात्कारको आरोपमा पक्राउ गरी उनीमाथि अनुसन्धान जारी राखिएको थियो। हिरासतको शौचालयमा पचभैया मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन्। शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवजन निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको बताइएको छ।
दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्