Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला, त्रिभुवन विमानस्थलमा यात्रुलाई ओरालियो

सोमबार, कात्तिक १२, २०८१

काठमाडौं — दिल्ली फर्किने तरखरमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ‌ओरालेर जाँच गर्न थालिएको छ ।

एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् । बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् ।

बमको हल्लाका कारण उक्त जहाज नजिकै रहेको हिमालय एयरलायन्सको विमानलाई हटाइएको छ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्