लाजिम्पाटमा व्यावसायीमाथि चार जनाको समूहद्वारा अन्धाधुन्द रड प्रहार, घाइतेको अवस्था चिन्ताजनक
काठमाडौं– लाजिम्पाटमा एक जना व्यावसायीमाथि चार जनाको समूहले अन्धाधुन्द रड प्रहार गरेका छन्।
रड प्रहारबाट घाइते नुवाकोटका जग्गा व्यावसायी विक्रम लामाको अवस्था चिन्ताजनक अवस्थामा ग्रिनसीटी अस्पतालमा उपचार भइरहेको छ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार गरिएको थियो।
उनलाई आईसीयूमा राखिएको छ।
घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटकै मार्सल तामाङ छन्।
अस्पतालको सीसीटीभी फुटेजमा देखिएअनुसार व्यवसायी लामा पुग्नुअघि नै उनीहरू अस्पतालको पार्किङ क्षेत्रमा पुगेको देखिन्छ। सेतो रङको निजी कारसहित पाकिङभित्र छिरेका लामालाई केही समयमै उनीहरूले अन्धाधुन्ध रड प्रहार गरेको देखिन्छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ १६:४१
प्रतिक्रिया दिनुहोस्