Nic Ad Nic Ad
Nic Ad Nic Ad

लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

मंगलबार, कात्तिक १३, २०८१

गोलबजार (सिरहा - लहान नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको  छ ।

यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख  महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्