Nic Ad Nic Ad
Nic Ad Nic Ad
आइसीसी लिग २

अहिलेसम्म भएका ६ खेलमा नेपाल–स्कटल्यान्डबीचको यस्तो छ हेड टु हेड

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं– नेपाल, अमेरिका र स्कटल्यान्डबीच चलिरहेको आईसीसी लिग २ सिरिजमा खराब सुरुआत गरेको नेपालले मंगलबार राति स्कटल्यान्डसँग दोस्रो खेल खेल्दैछ।

एक दिवसीय क्रिकेटमा नेपालले स्कटल्यान्डसँग यो ७ औं खेल खेल्नेछ। 

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ओडीआईमा ६ खेल भएका छन्। सबै खेल अघिल्लो लिग टु साइकलमा भएको थियो। जहाँ नेपाल र स्कटल्याण्डले दुवैले समान ३ खेल जितेका थिए।

खेल डलासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।

नेपालले स्कटल्याण्डलाई पछिल्लो दुई खेलमा कीर्तिपुरमा पराजित गरेको थियो।

२०२२ जुलाईमा स्कटल्याण्डमै भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको थियो। त्यसपछि अर्को खेलमा नेपाल ८ विकेटले पराजित भयो।

लिग टु अन्तर्गत नै २०२२ डिसेम्बरमा नामिबियामा भएको खेलमा नेपाल ३ र ८ विकेटले स्कटल्यान्डसँग पारजित भएको थियो।

२०२३ फेब्रुअरीमा नेपालमै भएको लिग टु मा भने नेपालले सानदार प्रदर्शनै गर्दै स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो। नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्