५ बजे मन्त्रिपरिषद बैठक, एआईजीमा राणाको बढुवा अनुमोदन गरिने
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।
सोमबार नियमित बैठक बस्न नसकेपछि मंगलबारलाई आह्वान गरिएको ओलीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषदको बैठक सोमबार र विहीबार नियमित रुपमा, अन्य समयमा आकस्मिक बस्ने गर्दछ।
मंगलबारको बैठकले नेपाल प्रहरीमा डीआईजीबाट एआईजीमा सिफारिस भएकी किरण राणाको बढुवा अनुमोदन गर्नेछ।
एआईजी बढुवा भए पनि पर्सी १५ गते उमेर हदका कारण राणा सेवा निवृत्त हुनेछिन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्