Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरद्धारा ५२ वटा पसलबाट प्लास्टिकका फूलमाला जफत

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं- काठमाडौँ महानगरपालिकाको कालिमाटी- कुलेश्वर- टंकेश्वर एरियाको ३२ वटा पसलमा अनुगमन गर्दा प्लास्टिकजन्य फूलमाला बिक्री गरिरहेको पाइएकोले महानगर प्रहरीले सो फूलमाला जफत गरेको छ।

462574873_895375085992408_8120374390317852175_n-1730193006.jpg
 

त्यसैगरी मंगलबार नै लाजिम्पाट ,रानीबारी ,बाँसबारी सुकेधारा लगायतका २० वटा पसलबाट पनि प्लास्टिकजन्य फूलमाला  जफत गरिएको छ । महानगरले स्वदेशी फूलमाला बिक्रीलाई प्रोत्साहित गर्न नगर प्रहरी खटाएर प्लास्टिक र कागजका जफत अभियान चलाइको हो । 

462537965_909596951104563_5323971536678494939_n-1730193006.jpg
यसअघि महानगरका मेयर बालेन शाहले प्लास्टिकका फूलहरू बिक्री बितरण गरेमा कारबाही गरिने सूचना जारी गरिसकेका छन् । महानगरले काठमाडौंका ४६ स्थानमा स्वदेशी फूलमाला कृषकले बेच्ने व्यवस्था गरेको छ ।  

462549687_548263287955799_845812400749093591_n-1730193006.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्