Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको पक्षमा बहस गरेका वकिललाई थाहा छैन, यज्ञमणि र चौलागाईंले हप्काएको हल्ला चलाए

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं– म्याद थप गर्ने बेला रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले हतियारसहित इजलासमा छिरेर हप्काएको भन्ने हल्ला चलाइएको पुष्टि भएको छ। 

रास्वपा पार्टीमा नै केन्द्रीय समिति र अनुशासन आयोगको उपप्रमुख पद समेत सम्हालिसकेका अधिवक्ता मधु चौलागाई र यज्ञमणि न्यौपानेले भिडमा त्यस्तो हल्ला चलाएनन् मात्र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत गरेका छन्।

यस्तो हल्लाको जिल्ला प्रहरी कार्यालय कास्कीले खण्डन गरिसकेको छ तैपनि रास्वपाका नेता कार्यकर्ता यो विषयलाई ट्रोल बनाइरहेका छन्।

तर म्याद थपका बेला रवि लामिछानेका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले भने न हतियार बोकेका प्रहरी देखे न त हप्काएको देखे। उनले जम्माजम्मी एउटा चिर्कटोमा लामिछानेले सही गरेको देखेपछि प्रहरीले ‘के मा सही गर्नुभएको’ भनेर सोधेको मात्र देखेको बताएका छन्। 

यहाँसम्मकी यो विषयमा हल्ला चलाउने र मानव अधिकार आयोगसम्म निवेदन दिने काम पनि नगर्नु भनी सल्लाह दिएका रहेछन्। 

तर इजलासभित्र के मा सही गर्नुभएको हो? भनेर सोध्नु पनि इरिटेट हुने भएकाले नसोधेको भए राम्रो हुने थियो भन्नेचाहिँ घिमिरेको बुझाई छ। 

डीएसपी शर्माले पनि अनुसन्धान जारी राखेका व्यक्तिले अनुसन्धान अधिकारीको जानकारी बिना कागजमा सही गर्दा सोध्नु स्वभाविक हुने बताइसकेका छन्। ‘बरु, के मा सही गर्नुभएको माननीय ज्यु?’ भनेरचाहिँ सोधेको शर्माको भनाई छ। 

तर रास्वपाका क्याडर नै रहेको चौलागाईं र न्यौपानेले भने हप्काएको, हतियार छिराएको अनि कानुन व्यावसायीलाई भेट गर्न नदिएको भनेर हल्ला चलाइरहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्